

वासिङ्टन, असार २७ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्की दिँदै अमेरिकी सेना त्यसका लागि तयार रहेको र इरानलाई लक्षित गरी प्रहार गर्न एक हजार क्षेप्यास्त्र पूर्ण तयारी अवस्थामा राखिएको बताउनुभएको छ ।
सामाजिक सञ्जालमा गरिएको पोस्टमा उहाँले “इस्लामिक गणतन्त्र इरानमाथि क्षेप्यास्त्र ताकेर पूर्ण तयारी अवस्थामा राखिएको जनाउनु भएको हो । यदि इरानी सरकारले विश्वका विभिन्न स्थानमा व्यक्त गरेको-संयुक्त राज्य अमेरिकाका बहालवाला राष्ट्रपतिको हत्या गर्ने वा हत्याको प्रयास गर्ने-धम्कीलाई कार्यान्वयन गर्यो भने, त्यसको लगत्तै हजारौं थप क्षेप्यास्त्र प्रहार गरिने उहाँले बताउनुभएको छ ।
यसैबिच, इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकाले समझदारी पत्रको उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ । सामाजिक सञ्जाल एक्समा गरिएको एक पोस्टमा उहाँले “इरानले अहिले सम्म आफ्नो प्रतिबद्धता पालना गर्दै आएको र यो उल्लङ्घन अमेरिकाद्वारा गरिएका अन्य उल्लङ्घन र गलत कदमको शृङ्खलाकै एक हिस्सा भन्दै यसमा दुवै पक्षको पालना अनिवार्य हुने बताउनुभएको छ ।
अल जजिराका अनुसार, इरानी संसदका सभामुख मोहम्मद बाघेरी घालीबाफले तेहरान अमेरिका सामु कहिल्यै नझुक्ने बताउँदै यदि अमेरिकाले समझदारी पत्रको उल्लङ्घन गरेमा आफ्नो रक्षा गर्न पूर्णरूपमा तयार रहने बताउनुभएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकायीले इरानका रक्षकले अमेरिकाको गतिविधिलाई निगरानीमा राखिरहेको बताउनुभएको छ ।
गर्मीको मौसमको प्रवाह नगरी, इस्लामिक गणतन्त्र इरानका सशस्त्र बलमा आबद्ध वीर रक्षक देशका तट, टापु, सीमाना र अन्य संवेदनशील क्षेत्रमा तैनाथ रहि अमेरिकी गतिविधिलाई निगरानी गरिरहेको उहाँले प्रष्ट पार्नुभएको छ । यसैबिच, अल जजिराका अनुसार, अमेरिकी उच्च अधिकारीहरूले अमेरिका र इरानबिचको वार्ता फलदायी रहेको बताएका छन् ।
अमेरिकाले भने इरानसँग सम्झौता हुनका लागि केही सर्त पूरा हुनुपर्ने बताउँदै पहिलो सर्त इरान आणविक सर्त मान्न सहमत हुनुपर्छ र सबै आणविक सामग्री हस्तान्तरण गर्नुपर्ने अडान गर्दै आएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




























