06/03/2026, 23:23:17
बुधबार, जेठ २०, २०८३

राष्ट्रपतिलाई ओलीको कटाक्ष – “बडो जुक्तिले लोकतन्त्र एकपछि अर्को कदमबाट सिध्याउने काम भएको छ”


काठमाडौँ, जेठ २० गते ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकामा प्रश्न उठाएका छन् । बुधबार पार्टीको केन्द्रीय संगठन विभागले आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशालामा बोल्दै उनले राष्ट्रपतिले रबर स्ट्याम्प भएर काम गरिरहेको आरोप लगाए ।

‘राष्ट्रपतिजी रबर स्टयाम बनेर जुन चिज नगर्नुपर्ने हो त्यसमा हस्ताक्षर गर्ने काम गरिरहनुभएको छ,’ ओलीले भने, ‘वास्तवमा बडो जुक्तिको साथ लोकतन्त्र एकपछि अर्को कदमबाट सिध्याउने काम भएको छ । जुन कुरा एमालेलाई मान्य छैन ।’ 

उनले संवैधानिक संस्थाको बारेमा टिप्पणी गर्न भने नचाहेको बताए ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..