05/27/2026, 18:48:12
बुधबार, जेठ १३, २०८३

भदौ २३ र २४ को घटनाबारे मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)


काठमाडौँ, जेठ १३ गते । राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ गतेको प्रदर्शनमा भएको दमन र त्यसको भोलिपल्टको घटनाबारे छानबिन प्रतिवेदन सार्वजनिक गरेको छ । समितिले बुधबार प्रतिवेदन सार्वजनिक गरेको हो ।

आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा भदौ २३ र २४ गतेको घटनामा मानव अधिकार उल्लङ्घनका विषयमा अनुसन्धान गर्न समिति गठन गरिएको थियो ।

समितिको प्रतिवेदनका आधारमा आयोगले त्यसबेला सरकारको नेतृत्वमा रहनुभएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन मन्त्री पृथ्वी सुब्बा गुरुङलाई मानव अधिकार उल्लङ्घनकर्ताका रूपमा किटान गरेको छ ।