05/26/2026, 12:20:06
मङ्गलबार, जेठ १२, २०८३

रवि लामेछाने भारत जानुअघि अमेरिकी उपविदेशमन्त्री नेपाल भ्रमणमा आउँदै


काठमाडौँ, जेठ १२ गते । यही जेठ १६ गते अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्स तीन दिने भ्रमणका लागि नेपाल आउने भएकी छन् ।

१८ गतेसम्म नेपालमा रहने साराले परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा.स्वर्णिम बाग्लेलगायतका अन्य उच्चस्तरी भेटघाट गर्ने स्रोतले जनाएको छ ।

चैत १३ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि अमेरिकाबाट अर्को उच्चस्तरीय भ्रमण हुन् भएके हो। यसअघि वैशाख ७ गते अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमणमा आएका थिए । त्यसपछि वैशाख १७ गते दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत एवं भारतका लागि अमेरिकी राजदूत सर्जियो गोर पनि नेपाल आएका थिए ।

अमेरिकी उपविदेशमन्त्री सारा स्वदेश फर्केकै दिन रास्वपाका सभापति रवि लामिछाने भारत भ्रमणमा जाने तयारी छ । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने कार्यतालिका छ । भारतीय जनता पार्टीको मुख्यालय अवलोकन गर्दै लामिछानेले अध्यक्ष नवीनसँग द्विपक्षीय वार्ता पनि गर्नेछन् ।

भ्रमण टोलीमा रास्वपा सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुख दीपक बोहरा, रविपत्नी निकिता पौडेल लामिछाने, स्वकीयसचिव अविनाश आचार्य रहनेछन् । लामिछाने २० जेठमा स्वदेश फर्किनेछन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..