05/22/2026, 16:11:22
शुक्रबार, जेठ ०८, २०८३

तीन दिने भ्रमणका लागि काठमाडौँ आइपुगिन् बेलायती मन्त्री सीमा मल्होत्रा


काठमाडौँ, जेठ ८ गते  । सीमा मल्होत्रा तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार काठमाडौँ आइपुगेकी छन्।

नयाँ सरकार गठनपछि बेलायत सरकारका तर्फबाट नेपाल भ्रमणमा आउने उनी पहिलो मन्त्री हुन्। उनको भ्रमणलाई नेपाल-बेलायत सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा हेरिएको छ।

 

काठमाडौँस्थित ब्रिटिस दूतावास काठमाडौँका अनुसार नेपालका लागि बेलायती राजदूत रब फेनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री मल्होत्रालाई स्वागत गरेका थिए। उनले यो भ्रमण दुई देशबीचको दीर्घकालीन मित्रता तथा समकालीन साझेदारीलाई थप मजबुत बनाउने अवसर भएको बताएका छन्।

भ्रमणका क्रममा मन्त्री मल्होत्राले नेपाल सरकारका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नुका साथै गोर्खा समुदायका प्रतिनिधिसँग पनि छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..