

पाँचथर, जेठ ३ गते । लेख्न नजानेको भन्दै एलकेजीमा अध्ययनरत ५ वर्षीय बालकलाई कुटपिट गरेको आरोपमा शिक्षिका पक्राउ परेकी छिन।
पाँचथरको फिदिम नगरपालिका–१४ मा सञ्चालित लुङरुपा बोर्डिङ एकेडेमीकी सुमित्रा सेन्दाङ नेम्वाङ शनिबार पक्राउ परेकी हुन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी अनिषकुमार कर्णका अनुसार उनीमाथि बालबालिका सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको छ । शिक्षिका सेन्दाङले गत बुधबार सोही विद्यालयको एलकेजीमा अध्ययनरत बालकलाई कख र वान टु लेख्न नजानेको भन्दै निर्घात कुटपिट गरेकी थिइन् ।
शिक्षिकाले ढाडमा १८ भाटा हान्दा गम्भीर बिरामी परेका बालकको गणेशमानसिंह सामुदायिक अस्पतालमा उपचार गरिएको छ । कुटपिट पश्चात बालक विरामी परेपछि कपडा फुकाएर हेर्दा ढाडमा १८ वटा निलडाम देखिएपछि अविभावकले बालकलाई अस्पताल ल्याएका थिए ।
पक्राउ परेकी शिक्षिकालाई आइतबार पाँचथर जिल्ला अदालतमा हाजिर गराएर म्याद थप्ने तयारी भइरहेको डिएसपी कर्णले बताए । बालक कुटपिटको घटना सार्वजनिक भएपछि शिक्षिकालाई पक्राउ दबाब सिर्जना भएको थियो । विद्यालय प्रशासनले भने घटना पश्चात शिक्षिकालाई निलम्बन गरेको जनाएको छ ।
– लक्ष्मी गौतम
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








































