

काठमाडौँ, वैशाख २७ गते । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गरिब नागरिकलाई सबैभन्दा बढि पीडा दिएको आरोप लगाउनुभएको छ ।
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । संयोजक प्रचण्डले श्रमजीवी वर्गमाथि सबैभन्दा ठूलो आहत दिने काम सरकारबाट भएकाले पनि नेपालका कम्युनिष्ट पार्टीहरूले वर्गीय पक्षधरताको पक्षमा दृढतापूर्वक उभिएर काम गर्नुपर्ने बेला आएको बताउनुभयो ।
उहाँले कम्युनिस्टबीचको एकताले मात्रै वर्ग सङ्घर्षलाई माथि उठाउन सकिने भएकाले सो काममा नेपालका कम्युनिष्ट पार्टीहरू एकतावद्ध भएर लाग्नुपर्ने आवश्यकता भएको पनि बताउनुभयो ।
संयोजक प्रचण्डले भन्नुभयो, “अहिले सरकारको तर्फबाट सबभन्दा गरिवहरुमाथि, निमुखाहरुमाथि नै सबभन्दा बढी आहत, पीडा दिने कोसिस भएको छ । सबभन्दा गरिब, जसको हामी वर्ग आधार भन्ने गर्दछौँ । त्यही वर्गंमाथि प्रहार भएको छ । हामीले यो बीचमा वैचारिक ढङ्गले र आफ्नो वर्ग आधारलाई दह्रोसँग समात्नुपर्नेमा कमजोरी भएको छ । हाम्रो वर्गीय पक्षधरतामाथि आक्रमण गरेर नेपालमा कम्युनिष्टलाई सिध्याउने देशीविदेशी प्रतिक्रियावादी लागेका छन् । त्यसकारण हामीले वर्ग सङ्घर्षलाई माथि उठाउन सबै कम्युनिष्टहरुबीच एकता गरेर अघि बढ्नुपर्नेछ ।”
अध्यक्ष प्रचण्डले नेपाली जनताले नेपालमा कम्युनिष्ट पार्टीमाथिको नै भरोसा गरिरहेको जिकिर पनि गर्नुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












































