

काठमाडौँ, वैशाख १८ गते । काठमाडौँ महानगरपालिका-१४ बल्खुस्थित सुकुम्बासी बस्ती नजिकै नदी किनारमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार खोटाङको साकेला गाउँपालिका-५ घर भई हाल उक्त स्थानमा बसोबास गर्दै आएका ६१ वर्षीय इन्द्रबहादुर राई बुधबार दिउँसो करिब ३:३० बजे नदीमा बग्दै आएको अवस्थामा देखिएका थिए। घटनास्थलमा पुगेको प्रहरी टोलीले प्रारम्भिक जाँच गर्दा उनलाई मृत अवस्थामा फेला पारेको जनाएको छ।
प्रहरीले आवश्यक घटनास्थल मुचुल्का र शव परीक्षणसम्बन्धी कानुनी प्रक्रिया पूरा गरेपछि शवलाई करिब ४:५० बजे त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको जनाएको छ।
मृतकको मृत्युको कारण हालसम्म खुल्न नसकेको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









































