काठमाडौँ, वैशाख ७ गते । विद्यालय तहमा विद्यार्थी भर्ना र पठनपाठनका सन्दर्भमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिएको निर्देशनको चौतर्फी विरोध सुरु भएको छ । मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गत चैत २६ गते सबै स्थानीय तहलाई पत्राचार गरेर वैशाख १५ गतेदेखि विद्यार्थी अभियान सुरु गर्न र वैशाख २१ गतेदेखि पढाइ सञ्चालन गर्न निर्देशन दिएको थियो ।
तर उक्त निर्देशन अनुसार शैक्षिक क्रियाकलाप अघि बढाउँदा विद्यालयमा अध्ययन हुने दिन नपुग्ने, पाठ्यक्रम अनुसार वार्षिक कार्यघण्टा पु¥याउन नसकिने भएकाले कतिपय स्थानीय तहले विद्यालय सञ्चालन सुरु गरिसकेका छन् । ढिला पढाइ सुरु गर्दा सिधा असर विद्यार्थीको सिकाइ उपलब्धिमा पुग्ने स्थानीय तहको गुनासो छ ।
केन्द्रको निर्देशन अव्यावहारिक रहेको भन्दै स्थानीय तहले आफूखुसी निर्णय गर्न थालेका छन् । कैलालीको धनगढी उपमहानगरपालिकाले शुव्रmबारदेखि विद्यार्थी भर्ना अभियान सुरु गरिसकेको छ । त्यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिका, तनहुँको आँबुखैरेनी गाउँपालिका लगायतले पनि केन्द्रको प्रतिकूल हुने गरी विद्यार्थी भर्ना अभियान सुरु गरिसकेका छन् । भक्तपुर नगरपालिकाले पनि वैशाख ६ गतेदेखि भर्ना अभियान र पढाइ सँगसँगै अघि बढाउने निर्णय गरेको छ ।
नगरपालिकाका उपप्रमुख रजनी जोशीले संवैधानिक तथा कानुनी प्रावधान अनुसार आधारभूत र माध्यमिक शिक्षा स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने भएकाले नगरपालिकाले पूर्वनिर्धारित शैक्षिक क्यालेन्डर अनुसार नै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको बताउनुभयो ।
शिक्षा मन्त्रालयको निर्देशन अव्यावहारिक रहेको भन्दै विद्यालयसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाले पनि ढिलो गरी शैक्षिक सत्र सुरु गर्दा र सातामा दुई दिन बिदा दिँदा पठनपाठनका दिन घट्ने र पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको ‘क्रेडिट आवर’ पूरा गर्न कठिनाइ हुने निष्कर्ष निकाल्दै आइतबार पनि विद्यालय सञ्चालन गर्नुपर्ने माग गरेका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








































