काठमाडौँ, वैशाख ४ गते । गुगलले जेमिनाई एआई च्याटबोटमा व्यक्तिगत फोटोहरुलाई अटोमेटिक कनेक्ट गर्न सकिने सुविधा ल्याएको छ । गुगल एप्समा रहेका व्यक्तिगत तस्विर जेमिनाई हुँदै नानो बनानासँग जोड्ने अनुमति दिइने घोषणा बिहीबार गुगलले गरेको हो ।
‘पर्सनल इन्टेलिजेन्सले गुगल एप्समा रहेका तस्विरहरुलाई जेमिनाई च्याटबोटमा कनेक्ट गर्छ, ’ गुगलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘नानो बनानाले उनीहरुका निजी गुगल फोटोमा आधारित रहेर व्यक्तिगत नयाँ फोटोहरु सिर्जना गर्छ ।’


मानिसका प्रश्नहरुको व्यक्तिगत उत्तर दिनसक्नेगरी यो प्रविधि तयार गरिएको गुगलले जनाएको छ । अहिलेसम्म नानो बनानामा फोटो तयार गर्नका म्यानुअल्ली नै अपलोड गर्नुपर्ने व्यवस्था छ ।
तर, अब अटोमेटिक रुपमा जेमिनाईमा आफ्ना फोटो कनेक्ट गरेर प्रयोगकर्ताहरुले कमाण्ड दिनसक्छन्, जस्तो, ‘ मेरो परिवारसँग घुम्दै गरेको तस्विर बनाइदिनुस् ।’ कम्पनीका अनुसार जेमिनाईले गुगल फोटोमा पहुँचका लागि अनुमति माग्नेछ । त्यसपछि व्यक्तिगत फोटो हेरेर त्यसैका आधारमा नयाँ बनाइदिनेछ ।
गत वर्ष लन्च हुँदा नानो बनाना निकै चर्चित बनेको थियो । मानिसहरुले यसमा आफ्ना व्यक्तिगत फोटोहरु राखेर नयाँ तस्विर बनाएका थिए । प्रयोगकर्ताको ओभरफ्लोपछि कम्पनीको पूर्वाधारमै यसले ओभरलोड सिर्जना गर्यो । दबाब कम गर्नका लागि अस्थायी रुपमा प्रयोगकर्ताहरुलाई गुगलले प्रयोगको सीमा तोकिदियो ।


यही फिचरको लोकप्रियताले जेमिनाई एपलाई एप्पल एप स्टोरको पहिलो नम्बरमा पुर्याएको थियो । प्रयोगकर्ताको निजी फोटो लाइब्रेरीमा सीधा कनेक्ट गर्नसक्ने जेमिनाईको क्षमतालाई निजी सुचनामा एआई च्याटबोटको ठूलो प्रभावका रुपमा लिइएको छ ।
आगामी केही दिनभित्रै पेड सस्क्राइबर्सले यो सुविधा प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ । गुगलले जनवरीमा पर्सनल इन्टेलिजेन्स लन्च गरेको थियो । नानो बनाना २ फेब्रुअरीमा लन्च गर्यो । कम्पनीले स्पिड बढाइएको, टेक्स्ट रेन्डरिङलाई सुधार गरिएको र कमाण्डलाई थप सटिक बनाइएको जनाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


































