04/07/2026, 20:14:58
मङ्गलबार, चैत २४, २०८२

कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रहरी परिसरमा पठाइयो


काठमाडौँ, चैत १५ गते । भदौ २३ र २४ गतेको जेनजेड आन्दोलनको घटना जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेको छ ।

प्रहरी प्रधान कार्यालयबाट काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानिपोखरी हुँदै उक्त प्रतिवेदन कार्यान्वयनका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेको हो ।

 

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको उक्त प्रतिवेदनका आधारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक प्रहरी हिरासतमा छन् ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारले निर्णय गरेको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..