काठमाडौँ, चैत ३ गते । राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका कारण यसै महिनाको अन्त्यतिर हुने चीन भ्रमण करिब एक महिनाका लागि स्थगित गर्ने योजना बनाएका छन्।
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘हामीले यसलाई करिब एक महिनाका लागि सार्ने अनुरोध गरेका छौं।’ उनले इरान युद्धका कारण आफ्नो उपस्थिती आवश्यक रहेको पनि स्पष्ट पारे।
ट्रम्प र शी जिनपिङ बीचको भेटघाट मार्च ३१ देखि अप्रिल २ सम्मका लागि तय गरिएको थियो। यसअघि यी दुई नेताबीचको अन्तिम प्रत्यक्ष भेट गत वर्ष अक्टोबरमा भएको थियो।
इरान युद्धका कारण ट्रम्पको विदेश नीतिसम्बन्धी अन्य प्राथमिकताहरू पछाडि परेको देखिएको छ। द्वन्द्व चर्किँदै जाँदा विश्वव्यापी तेल आपूर्तिमा अवरोध आउने र त्यसले अमेरिका मा तेलको मूल्य वृद्धि हुने जोखिम पनि बढेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
