04/07/2026, 00:37:50
सोमबार, चैत २३, २०८२

दसैँ मनाउन उपत्यका छोड्नेको लर्को


काठमाडौँ, असोज ११ : हिन्दुहरूको पर्व विजयादशमी नजिकिएसँगै आफन्तजनको हातबाट टीका थाप्नका लागि घर जानेहरूको लर्को लाग्न थालेको छ ।

रोजगारी र अध्ययनका लागि अन्य क्षेत्रबाट राजधानी काठमाडौँ आएर बसोबास गरिरहेका लाखौं नेपालीले दसैँका बेला राजधानी छाडेर जाने गर्छन् ।

काठमाडौँबाट बाहिरिनेहरुको चाप बढेसँगै यहाँका मुख्य सडक अस्तव्यस्त भएका छन् । यात्रुले भरिभराउ लामो दूरीका सवारी साधन काठमाडौँबाट छुट्न थाल्दा जाम नै भएको छ ।

काठमाडौँबाट बाहिरिने मुख्य नाकाहरु कलंकी, बल्खु, कोटेश्वर, बालाजुलगायतका क्षेत्रमा घर फर्किनेहरुको शनिबार बिहानैदेखि ठूलो भीड लागेको छ ।