10/13/2026, 03:27:37
सोमबार, असोज २६, २०८३

जेन-जीको समर्थन गर्दा कलाकार दीपकराज गिरीलाई धम्की


काठमाडौँ , भदौ २९ : कलाकार दीपकराज गिरीले जेन-जी आन्दोलनलाई समर्थन गर्दा आफूलाई धम्की आउन थालेको बताउनुभएको छ । केही दिनअघिदेखि मानिसले धम्क्याउन थालेको उहाँको भनाइ छ ।

आफूमाथि जेन-जीलाई उकासेको आरोप लगाइएको उहाँले बताउनुभयो । गिरीले घुमाउरो ढङ्गले ठुला दलका कार्यकर्ताबाट धम्की आइरहेको सङ्केत पनि गर्नुभयो । “केहीले इनबक्समा त, केहीले कल नै गरेर, ‘जेन-जीलाई उकास्ने ? कलाकार भएर जेन-जीतिर लाग्ने ?” भनेर धम्की आउन थालेको उहाँको भनाइ छ ।