08/27/2026, 12:58:57
बिहिबार, भदौ ११, २०८३

प्रधानमन्त्री शाह नुवाकोटमा, बाढी प्रभावित क्षेत्रको उद्धारबारे ब्रिफिङ


नुवाकोट, भदौ ११ गते । प्रधानमन्त्री बालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षति तथा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन बिहीबार नुवाकोटको विदुर पुग्नुभएको छ।

प्रधानमन्त्री शाह सडकमार्ग हुँदै विदुर पुग्नुभएको हो। उहाँले विदुर नगरपालिकास्थित श्री नं. १ सैन्य तालिम केन्द्रमा प्रशासन तथा सुरक्षा निकायका प्रमुखहरूसँग बाढी प्रभावित क्षेत्रको अवस्थाबारे ब्रिफिङ लिनुभएको छ।

ब्रिफिङमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर तथा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल सहभागी हुनुहुन्छ।

उक्त छलफलमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, जिल्ला प्रहरी प्रमुख विपिन रेग्मीलगायतले बाढीबाट जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिको अवस्थाबारे जानकारी गराउनुभएको छ।

प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक अवस्थाबारे जानकारी लिइरहनुभएको छ।