

वासिङ्टन, भदौ ३ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्काल कुनै वार्ता वा छलफलको ठोस योजना नरहेको बताउनुभएको छ। सामाजिक सञ्जाल ‘ट्रुथ’ मार्फत राष्ट्रपति ट्रम्पले इरानसँग हाल कुनै वार्ता नभइरहेको र निकट भविष्यका लागि पनि कुनै छलफल तय नभएको जानकारी गराउनुभएको हो।
यसैबिच, होर्मुज जलमार्गमा अमेरिकी नौसैनिक नाकाबन्दी पूर्ण शक्ति र प्रभावका साथ कायम रहेको बताउँदै ट्रम्पले उक्त जलमार्ग खुला र निर्बाध रूपमा सञ्चालन भइरहेको दाबी गर्नुभएको छ। ट्रम्पको यो भनाइ उनका विशेष दूत जारेड कुशनरले ‘फक्स न्यूज’ सँग अमेरिकी र इरानी निकायहरूबिच वार्ता सक्रिय रहेको बताएपछि आएको हो।
होर्मुज जलमार्गलाई लिएर दुई देशबिच परस्पर विरोधी धारणा सार्वजनिक भइरहेका छन्। इरानले अमेरिकी नौसैनिक नाकाबन्दी र प्रतिबन्ध नहटाइएसम्म जलमार्ग पूर्ण रूपमा नखोलिने अडान दोहोर्याएको छ भने अमेरिकी पक्षबाट वार्ता र नाकाबन्दीबारे फरक-फरक अभिव्यक्तिहरू बाहिरिएका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

























