08/14/2026, 13:06:23
शुक्रबार, साउन २९, २०८३

ला लिगा २०२६–२७: मोरिन्होको रियल कमब्याक, बार्सिलोना ‘थ्री-पिट’को दाउमा


मिति २०८३, २९ साउन, २०२६ फिफा विश्वकपको धुलो बसाउन नपाउँदै स्पेनिस ला लिगाको नयाँ सिजन शनिबारबाट सुरु हुँदैछ। जोसे मोरिन्होको रियल मड्रिडमा दोस्रो इनिङदेखि बार्सिलोनाको लगातार तेस्रो उपाधिको अभियान र नयाँ नियमहरूसम्म— नयाँ सिजनअघिका उत्कण्ठाका कथाहरू:

मोरिन्होले मड्रिडलाई च्याम्पियन बनाउन सक्छन्?
१३ वर्षपछि रियल मड्रिडको प्रशिक्षकमा फर्किएका मोरिन्होलाई दुई सिजनदेखि ठूलो उपाधिविहीन रहेको क्लबलाई पुनः गौरव दिलाउने जिम्मा दिइएको छ। रियलले मार्क कुकुरेया, बेर्नार्डो सिल्भा, डेन्जेल डुम्फ्रिज, इब्राहिमा कोनाटे र यान दियोमान्दे भित्र्याइसकेको छ भने भिनिसियस जुनियरलाई २०३२ सम्म करार नवीकरण गराएको छ। राष्ट्रपति फ्लोरेन्टिनो पेरेजले ‘ग्यालाक्टिकोस’मा अनुशासन भर्ने प्रयासस्वरूप मोरिन्होलाई ल्याएको विश्लेषण छ— तर गत सिजन भिनिसियसविरुद्धको कथित वर्णभेदी घटनामा मोरिन्होको बेन्फिका मुछिएपछि दुईबीचको सम्बन्ध निगरानीमा रहनेछ। अघिल्लो कार्यकालमा लिग उपाधि जिते पनि मोरिन्होको पछिल्लो करियर आधुनिक रणनीतिक प्रवृत्तिसँग मेल नखाने टिप्पणी पनि छ।

बार्सिलोना तेस्रो उपाधिको दाउमा
हान्सी फ्लिकको प्रशिक्षणमा बार्सिलोनाले गत सिजन एल क्लासिकोमा रियललाई २–० ले हराउँदै लगातार दोस्रो तथा कुल २९औं ला लिगा उपाधि जितेको थियो। १८ वर्षीय लामिन यामालले चोटका बाबजुद १६ गोल र ११ एसिस्ट गर्दै लगातार दोस्रो पटक ‘प्लेयर अफ द सिजन’ जिते। फ्लिकले थप दुई वर्षे सम्झौता गरेका छन् र बार्सिलोना पेप ग्वार्डियोला युग (२०८–११) पछि पहिलो पटक लगातार तेस्रो उपाधिको प्रबल दाबेदार बनेको छ।

समय बर्बादविरुद्ध कडा नियम
स्पेनिस रेफ्रि समितिले २०२६–२७ का लागि ल्याएका नयाँ नियम— जुन विश्वकपमा नै देखिसकिएका छन्—अनुसार प्रतिस्थापित खेलाडीले १० सेकेन्डभित्र मैदान छाड्नुपर्नेछ, घाइते खेलाडीले कम्तीमा एक मिनेट बाहिर बस्नुपर्नेछ। ढिलो थ्रो-इन भए पजेसन गुम्न सक्छ, ढिलो गोल किक विपक्षीको कर्नरमा परिणत हुन सक्छ— दुवैका लागि पाँच सेकेन्डको समयसीमा। भिएआरले अब दोस्रो पहेंलो कार्ड, गल्ती रातो कार्ड र गलत कर्नरका निर्णयमा पनि हस्तक्षेप गर्न पाउनेछ।

एथ्लेटिकोमाथि उपाधिको दबाब
गत सिजन भियारियलले तेस्रो स्थान हात पार्दै च्याम्पियन्स लिगमा स्थान बनाउँदा डिएगो सिमियोनेको एथ्लेटिको चौथो भएर उपाधिविहीन रह्यो। सिमियोनेले बार्सिलोनाको चासोका बाबजुद जुलियन अल्भारेजलाई नबेचिने बताएका छन् भने अनुभवी एन्टोनी ग्रिजम्यानले एमएलएसको ओरल्यान्डो सिटी रोजेका छन्। भियारियलमा मार्सेलिनोपछि इनिगो पेरेजले जिम्मा पाएका छन्।

रियल बेटिसको शान्त उदय
७२ वर्षीय मानुएल पेलेग्रिनीले बेटिसलाई २० वर्षपछि च्याम्पियन्स लिगमा फर्काएका छन्। २०२२ मा कोपा डेल रे जितेको क्लब २०२५ मा कन्फरेन्स लिग फाइनल पुगेको थियो।

 

एल क्लासिकोको नयाँ रङ्गमञ्च: तेस्रो किट
बार्सिलोनाले १९९५–९७ को कल्ट क्लासिक टिल-टर्कोइज डिजाइनबाट प्रेरित जिगज्याग किट निकालेको छ— जुन युगमा रोनाल्डो नाजारियोको ४७ गोलले क्लबले कप विनर्स कप, कोपा डेल रे र सुपरकोपा जितेको थियो। रियल मड्रिडले भने छ वर्षपछि पहिलो पटक गुलाबी रङ्गको किट सार्वजनिक गरेको छ।

गेमवीक १ को खेल तालिका :
August 15, 2026 Alavés v Getafe 11:15 PM Mendizorrotza, Vitoria-Gasteiz, Spain
August 16, 2026 Racing Santander v Villarreal 8:45 PM El Sardineros, Santander, Spain
August 16, 2026 Espanyol v Levante 10:45 PM RCDE Stadium, Barcelona, Spain

August 21, 2026 Rayo Vallecano v Alavés 12:45 AM Estadio de Vallecas, Madrid, Spain