07/08/2026, 17:20:36
बुधबार, असार २४, २०८३
फिफा विश्वकप फुटबल २०२६

फिफा विश्वकप: अर्जेन्टिना र इजिप्टबिचको खेलमा रेफ्री विवाद, इजिप्टद्वारा फिफामा उजुरी


काठमाडौँ, असार २४ गते । फिफा विश्वकपको प्रिक्वार्टरफाइनलमा अर्जेन्टिना र इजिप्टबिचको खेल जति रोमान्चक बन्यो, खेलपछिको रेफ्री विवादले फुटबल जगत् थप तातिएको छ। फ्रान्सेली रेफ्री फ्रान्स्वा लेटेक्सिएरको निर्णयप्रति आपत्ति जनाउँदै इजिप्ट फुटबल महासङ्घले विश्व फुटबल महासङ्घ (फिफा) मा आधिकारिक उजुरी दर्ता गराएको छ।

के थियो मुख्य विवाद?

खेल सकिन ११ मिनेट बाँकी रहँदासम्म इजिप्ट जितको नजिक थियो। तर अन्तिम १३ मिनेटभित्र ३ गोल गर्दै अर्जेन्टिनाले ३–२ को नाटकीय जित निकाल्यो। इजिप्टले रेफ्री र भिएआर (VAR) टोलीमाथि अर्जेन्टिना र लियोनल मेस्सीको पक्ष लिएको गम्भीर आरोप लगाएको छ:

  • गोल खारेज: इजिप्ट १–० ले अगाडि रहेको बेला मोस्तफा जिकोले गरेको उत्कृष्ट गोललाई भिएआरमार्फत फल भन्दै खारेज गरियो।
  • पेनाल्टी अस्वीकार र काउन्टर गोल: खेल २–२ को बराबरीमा हुँदा डिबक्सभित्र मोहम्मद सलाहमाथि फल हुँदा पनि रेफ्रीले पेनाल्टी दिएनन्। उल्टै सोही बलको काउन्टर प्रहारमा अर्जेन्टिनाले निर्णायक गोल गर्‍यो।

हामीमाथि ठूलो अन्याय भयो। सायद रेफ्री लियोनल मेस्सी र साविक विजेता अर्जेन्टिनालाई प्रतियोगितामा टिकाइराख्न चाहन्थे। यो खेलको नतिजा पहिल्यै तय भएजस्तो देखियो।” – होसाम हसन, मुख्य प्रशिक्षक, इजिप्ट

प्रशिक्षकलाई पहेँलो र स्टाफलाई रातो कार्ड

खेलको अन्तिम क्षणमा विवाद बढ्दा रेफ्रीले इजिप्टका प्रशिक्षक हसनलाई पहेँलो र ब्यवस्थापन टोलीका एक कर्मचारीलाई रातो कार्ड समेत देखाएका थिए। यस सनसनीपूर्ण जितसँगै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश गरे पनि यो खेलको निर्णयलाई लिएर विश्वभर बहस सुरु भएको छ।