

काठमाडौँ, जेठ ६ गते । प्रधानन्यायाधीशमा डा मनोजकुमार शर्माले हिजो पद सम्हालेसँगै रोलक्रममा उनीभन्दा वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधानले आजदेखि २० दिनका लागि बिदा लिएकी छिन् । उनी २० दिन बिदामा बसेको कुरा सर्वाेच्च प्रशासनले प्रमाणित गरेको छ ।
सर्वाेच्च प्रशासनका अनुसरा न्यायाधीश प्रधानले आफैले बिदा स्वीकृत गरेर आजदेखि बिदा बसेको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिएका हुन् ।
हिजो पनि उनी प्रधानन्यायाधीशको पदभार ग्रहणका क्रममा अनुपस्थित रहेकी थिइन् । न्यायाधीश प्रधानले बुधबारबाट लागू हुने गरी २० दिने बिदा स्वीकृत गरेकी हुन् ।
हिजोको अनुपस्थिति र आजको विदालाई उनको असन्तुष्टिका रुपमा लिइएको छ । हुन पनि न्यायपरिषदले उनी एक नम्बरमा सिफारिस भएकीलाई नगरेर चौथो नम्बरका शर्मालाई प्रधानन्यायाधीश बनाइएको छ ।
अर्का न्यायाधीश कुमार रेग्मीको पनि बरिष्ठतम् पद आजदेखि नै हटेको छ । न्याय परिषद् सदस्य रहेका रेग्मीको सदस्यता पनि खोसिएको हो ।
यसअघि कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधान रहेका बेला उनले न्याय परिषद् सदस्यमा वरिष्ठतम न्यायाधीशमा रेग्मीलाई सिफारिस गरेकी थिइन् । अब हिजोदेखि नै कामु प्रधानन्यायाधीशबाट हटेर प्रधान बरिष्ठतम् न्यायाधीश बनेपछि रेग्मीको सो पद स्वतहः हटेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






































