07/12/2026, 06:00:26
आइतबार, असार २८, २०८३

अफगानिस्तानमा घर भत्किदा तीन जनाको मृत्यु, एक घाइते


एजेन्सी, जेठ ५ गते । पूर्वी अफगानिस्तानको नंगरहार प्रान्तमा सोमबार आएको शक्तिशाली आँधीका कारण एउटा घर भत्किदा एक जना महिला र एक जना बच्चासहित तीन जनाको मृत्यु भएको र अर्को एक जना गम्भीर घाइते भएको प्रान्तीय सरकारले मंगलबार जनाएको छ ।

अचिन जिल्लाको अब्दुलखैल क्षेत्रमा उक्त दुर्घटना भएको जनाइएको छ । सुरक्षाकर्मी र स्थानीय बासिन्दाहरूले भत्केर क्षति ग्रस्त घरको भग्नावशेष बाट पीडितको शव बरामद गरेका विज्ञप्तिमा उल्लेख गरिएको छ । एक जना १० वर्षीया बालिकालाई भग्नावशेषबाट जीवितै बाहिर निकाली तत्काल उपचारका लागि नजिकैको अस्पतालमा सारिएको उल्लेख गरिएको छ ।

अफगानिस्तानमा मौसमी प्रकोपको बिचमा आँधी आएको जनाइएको छ । आधिकारिक तथ्याङ्क अनुसार अप्रिल महिनामा मात्रै आएको भारी वर्षा, आकस्मिक बाढी र तिव्र आँधीबेहरीले खफगानिस्तानमा २०० भन्दा बढीको ज्यान लिएको छ । जस मध्ये धेरै महिला तथा बालबालिका भएको जनाइएको छ भने २५० भन्दा बढी घाइते भएका छन् ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..