

क्वेटा (पाकिस्तान), वैशाख ३१ ग्ते । पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा भएको झडपमा पाँच जना सैनिक र सात जना आतङ्कवादी गरी १२ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीहरूले बिहीबार बताएका छन् ।
आतङ्कवादीले विस्फोटक उपकरण सैनिकको समूह नजिकै विस्फोट गरेपछि उनीहरुसँग झडप भएको अधिकारीहरूले बताएका छन् । एक वरिष्ठ अधिकारीलाई उदृत गर्दै एएफपिले झडपमा पाँच जना सैनिक मारिएको र अर्का एक जना सैनिक गम्भीर घाइते भएको बताएको छ । अपरेशनको क्रममा, आतङ्ककारीको एउटा समूह फेला परेपछि सेनाद्वारा आक्रमण गरिएको जनाइएको छ ।
गोली हानाहानका क्रममा सात जना आतङ्कवादी मारिएको सेनाको मिडिया शाखाले विज्ञप्ति जारी गर्दै जनाएको छ । विज्ञप्तिमा प्रान्तको सबैभन्दा सक्रिय तथा उग्र पृथकतावादी समूह बलूच लिबरेसन आर्मी (बिएलए)ले आक्रमणको जिम्मेवारी लिएको बताइएको छ । संयुक्त राज्य अमेरिकाले आतङ्कवादी सङ्गठन घोषणा गरेको उक्त समूहले आक्रमण र आत्मघाती बम विस्फोट गर्दा सैन्य प्रतिष्ठानका साथै प्रहरी र नागरिक प्रशासनका अधिकारीलाई लक्षित गरेको बताएको छ ।
हालैका वर्षमा बिएलएले यस क्षेत्रमा काम गर्ने अन्य प्रान्तका पाकिस्तानी साथै विदेशी ऊर्जा कम्पनीमाथि आक्रमण बढाएको जनाइएको छ । गत वर्ष यो समूहले ४५० जना यात्रु बोकेको रेलमा आक्रमण गरेपछि उनीहरू विरुद्धको अपरेसन सुरु भएको जनाइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








































