05/14/2026, 12:53:43
बिहिबार, बैशाख ३१, २०८३

प्रधानमन्त्री शाह सदनमा उपस्थित नभए आज पनि विरोध जारी राख्ने


काठमाडौं, वैशाख ३१ गते । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाह सदनमा उपस्थित नभए आज पनि विरोध जारी राख्ने भएको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री शाह नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थित नभए विरोध जारी राख्ने बताएका हुन् । ‘संविधानको धारा ७६ (१०) अनुसार सम्माननीय प्रधानमन्त्रीज्यूलाई संसद्प्रति उत्तरदायी बनाउन चाहन्छौँ। तर आज दुई तिहाइ नजिकको संस्थाको आडमा सांसदहरूलाई नै कमजोर बनाउने प्रयास भइरहेको अनुभूति भइरहेको छ। प्रश्नबाट भाग्ने प्रवृत्ति लोकतन्त्रको लागि शुभ सङ्केत होइन,’उनले भने ।

त्यस्तै एमालेका प्रमुख सचेतक ऐन महरले पनि नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य भएको बताए । उनले प्रधानमन्त्रीको अनुहार हेर्न नभएर आफुहरुको कानुनम्मत माग रहेको बताए ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..