

काठमाडौँ, वैशाख ३० गते । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद सुरेश आलेमगरले राष्ट्रपतिले सम्बोधन गरिरहँदा मात्रै बिग्रिने र सम्बोधन सकिएपछि ठिक हुने कुन खालको स्वास्थ्य हो भन्दै प्रधानमन्त्री बालोन शाहलाई व्यङ्ग्य गरेका छन् ।
बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गर्ने क्रममा प्रधानमन्त्री साह बाहिरिनुले ेको राष्ट्रपतिको अपमान भएको बताए ।
उनले यो प्रधानमन्त्रीको अनुभवहीनता र अपरिपक्वताका कारण भएको भए क्षम्य हुन सक्ने तर नियतवश गरिएको अपमान भए स्वीकार्य नहुने बताए ।
‘राष्ट्रपतिले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रधानमन्त्रीको अनुपस्थिति के कारणले भएको हो, हामी जानकारी दिन माग गर्छौँ। उहाँको सचिवालयले स्वास्थ्यको कारणले भनेको छ, यदि स्वास्थ्यको कारणले हो भने त्यो कस्तो कारण हो राष्ट्रपतिज्यूले सम्बोधन गरिरहँदा मात्रै बिग्रिने र सम्बोधन सकिएपछि ठिक हुनेरु कस्तो स्वास्थ्य हो। यदि उहाँको अनुभवहीनता र अपरिपक्वताको कारणले हो भने क्षम्य हुन सक्ला, त्यो के हो ? किन त्यस्तो घटना भयो ?’ उनले भने ‘हामी यसको बारेमा जान्न चाहन्छौँ। यदि यो सम्माननीय राष्ट्रपतिज्यूको अपमान हो भने त्यसलाई हामी सहन सक्दैनौँ। वास्तविक कारण के हो ? त्यसको जानकारी प्रधानमन्त्रीले सदनमा आएर स्पष्ट पार्नुपर्छ। प्रधानमन्त्रीले नै पेश गरेको सम्बोधन राष्ट्रपतिज्यूले वाचन गरिरहँदा प्रधानमन्त्री नै अनुपस्थित हुनुहुन्छ भने त्यो सामान्य कुरा होइन।’
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











































