

काठमाडौँ, वैशाख २९ गते । नेपाली काँग्रेसका सभापति गगन थापाले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा अपेक्षाकृत छिटो सार्वजनिक गर्न सफल भएकोमा सरकारलाई धन्यवाद दिएका छन् ।
उनले विगतका वर्षहरूमा ३ महिना लाग्ने एसइईको नतिजामा यसपालि एक महिनामै परीक्षाफल प्रकाशित भएपछि सम्बन्धित निकाय र संलग्न सबैप्रति धन्यवाद व्यक्त गरेका हुन् ।
‘हिजो सार्वजनिक भएको एसइई परीक्षामा सफल हुनुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई। तपाईँहरूको मेहनत र लगनशीलताले आज सार्थक रूप पाएको छ। त्यस्तै अपेक्षित ग्रेड प्राप्त गर्न नसक्नुभएका भाइबहिनीहरूलाई यो नतिजालाई केवल एउटा खुड्किलोको रूपमा लिन र कत्ति पनि विचलित नहुन आग्रह गर्दछु।’
‘आगामी ग्रेड वृद्धि परीक्षा आफ्नो क्षमता प्रमाणित गर्ने अर्को सुन्दर अवसर हो,’ उनले भने । विद्यार्थीको मनोबल उच्च राख्न र आवश्यक शैक्षिक परामर्श दिन उनले स्थानीय सरकारहरूलाई तत्काल समन्वयका लागि अनुरोध पनि गरेका छन्।
एसइईको परीक्षाफल सोमबार प्रकाशित भएको थियो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









































