

मलेसिया कोलालम्पुर, वैशाख २९ गते । मलेसियाको पश्चिमी तटमा रहेको पांकोर टापुमा इन्डोनेसियाका ३७ जना कागजात विहीन आप्रवासी बोकेको डुंगा डुब्दा १४ जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन् ।
पेराकमा स्थित मलेसियन मेरिटाइम एन्फोर्समेन्ट एजेन्सी (एमएमइए) ले सोमबार एक जना स्थानीय माझीले समुद्रमा जीवित व्यक्तिहरू तैरिरहेको भेटेर सूचना गरे पछि घटनाको आशंका गरी उद्धार प्रयास गरिएको बताएको छ ।
प्रारम्भिक अनुसन्धानले डुंगामा सवार ३७ जना मध्ये २३ जना पीडितलाई उद्धार गरिएको जनाएको छ भने बाँकी व्यक्तिहरू पत्ता लगाउने प्रयास जारी छ । पेराक एमएमइएका निर्देशक मोहम्मद शुकरी खोटोबले विज्ञप्ति जारी गर्दै प्रारम्भिक अनुसन्धानले आप्रवासीहरू मे-९ मा इन्डोनेसियाको किसरनबाट पेनाङ, तेरेङ्गानु, सेलान्गोर र क्वालालम्पुर लगायत मलेसियाका अन्य गन्तव्यहरूतर्फ हिँडेको उल्लेख गरेका छन् ।
एजेन्सीले बेपत्ता व्यक्तिहरूको खोजी गर्न डुंगा, हेलिकप्टर तथा विमान तैनाथ गरेको उनले बताएका छन् । उद्धार गरिएका व्यक्तिलाई थप अनुसन्धानका लागि प्रहरीलाई बुझाएको जनाएको छ ।
मलेसिया एसियाका गरिब भागहरूबाट आएका लाखौँ आप्रवासीहरूको मुख्य गन्तव्य हो, जस मध्ये धेरै जना कागजात विहीन छन् जसले निर्माण र कृषि लगायत उद्योगहरूमा काम गरिरहेको जनाइएको छ ।
यद्देपी मानव बेचबिखनको अखडा बनाइएका सीमाहरूमा प्राय: खतरनाक हुने गरेको र जसले गर्दा डुंगाहरू डुब्ने गरेको बताएको छ ।
यस अघि सन् २०२५ नोभेम्बर मा थाई-मलेसियन तट नजिकै अनियमित आप्रवासी बोकेको डुंगा पल्टिदा ३६ जना आप्रवासीहरूको मृत्यु भएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














































