

काठमाडौँ, वैशाख २९ गते । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीबाट डेढ किलो चाँदीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर १० घर भई हाल काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर ८ पुल बजार बस्ने ३२ वर्षीय राजु स्वेत रहेको प्रहरीले जनाएको छ ।
सोमबार अपराह्न साढे तीन बजेतिर प्रदेश ३–०२–०१२ प ४३६४ नम्बरको मोटरसाइकल चढेर नालाबाट च्यामासिंह तर्फ आउँदै गरेका उनलाई जाँच गर्दा उनले बोकेको झोलाबाट चाँदी बरामद भएको हो ।
प्रहरीले सोधपुछ गर्दा उनले कुनै किसिमको कागजातहरू देखाउन नसकेकाले नियन्त्रणमा लिइएको हो । उनलाई प्रहरी वृत्त जगाती भक्तपुरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





























