

कायरो, वैशाख २७ गते । इजिप्ट र कतारले अमेरिका तथा इरानलाई वर्तमान संवेदनशील क्षेत्रीय परिस्थितिमा धैर्यता, जिम्मेवारी र विवेकपूर्ण व्यवहार अपनाउन आग्रह गरेका छन् । शनिबार इजिप्टका विदेशमन्त्री बद्र अब्देलअत्ती र कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान जासिम अल-थानीबिच टेलिफोन संवाद भएको थियो ।
संवादका क्रममा दुवै नेताले विवाद समाधानका लागि कूटनीतिक पहल र संवादलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । इजिप्टको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार दुवै पक्षले अमेरिका र इरानबिच जारी वार्ता प्रक्रियालाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका छन् । उनीहरूले क्षेत्रीय शान्ति, सुरक्षा तथा स्थायित्व कायम राख्न राजनीतिक समाधान र आपसी समझदारी अपरिहार्य रहेको बताएका छन् ।
फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमाथि संयुक्त आक्रमण गरेका थिए । त्यसपछि अप्रिल ८ मा युद्धविराम घोषणा गरिएको थियो । युद्धविरामपछि पाकिस्तानमा शान्ति वार्ताको एक चरण सम्पन्न भए पनि कुनै ठोस सहमति हुन सकेको थिएन । यसबिच, कूटनीतिक प्रयास जारी रहे पनि हालै होर्मुज जलडमरूमध्य आसपास पुनः तनाव बढेको जनाइएको छ । अमेरिकी पक्षबाट इरानी जलयान तथा तटीय क्षेत्रमा आक्रमण भएको र इरानले अमेरिकी युद्धपोतलाई लक्षित गर्दै मिसाइल तथा ड्रोन प्रहार गरेको बताइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













































