मकवानपुर, वैशाख २६ गते । बागमती गाउँपालिका खेलकुद विकास समितिले मकवानपुरको बागमती गाउँपालिकामा आयोजना गरेको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि चित्लाङ एफसी, काठमाडौँले जितेको छ ।
बागमती गाउँपालिका ४ स्थित सहिद स्मृति रङ्गशालामा शनिबार भएको फाइनल खेलमा चित्लाङ एफसीले सर्लाहीको बागमती युथ क्लबलाई पराजित गर्दै बागमती गोल्डकपको आठौँ संस्करणको उपाधि हात पारेको हो ।
चित्लाङ एफसीले बागमती युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै शिल्डसहित १० लाख रुपियाँ राशिको पुरस्कार पाएको छ ।


चित्लाङ एफसीका एरोन थापा उपविजेता बनेको बागमती युथ क्लबले पाँच लाख रुपियाँसहित पुरस्कृत भएको छ । बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलानलगायतकाले पुरस्कार वितरण गर्नुभएको थियो ।
– राममणि दाहाल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








































