

धनुषा, वैशाख २३ गते । जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश प्रमुखको कार्यालय जनकपुरधामले बुधबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।
विज्ञप्ति अनुसार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको मधेस प्रदेश सरकारलाई जनमत पार्टीले दिएको समर्थन मिति २०८३ वैशाख २२ गतेदेखि फिर्ता लिएको ब्यहोरासहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा प्राप्त भएको उल्लेख गरिएको छ । पत्र प्राप्त भएसँगै सम्बन्धित निकायलाई जानकारी गराइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


































