05/04/2026, 20:59:47
सोमबार, बैशाख २१, २०८३

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा २१ जनाको निवेदन, निगमको बोर्डमा २७ आकांक्षी ( सूचीसहित )


काठमाडौं, वैशाख २१ गते । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदका लागि २१ जनाले आवेदन दिएका छन् । खुला प्रतिस्पर्धाबाट महानिर्देशक चयनका लागि गरेकाे आह्वानमा २१ जनाले निवेदन दिएका हुन् ।

त्यस्तै नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य (५ जना) पदका लागि २७ जनाले आवेदन दिएका छन् । निगमको बोर्डमा नियुक्तिका लागि वाणिज्य, अर्थ, लेखा, उड्डयन वा पर्यटन प्रवर्द्धन क्षेत्रमा अनुभव भएका व्यक्तिलाई प्राथमिकता दिने सूचनामा उल्लेख छ ।

अब पर्यटन मन्त्रालयले निर्धारित मापदण्डका आधारमा मूल्यांकन प्रक्रिया अघि बढाउने जनाएको छ । मन्त्रालयले १२ वैशाखमा प्रकाशित सूचनामार्फत उच्च नेतृत्व चयनका लागि योग्य तथा अनुभवी व्यक्तिहरूबाट आवेदन आह्वान गरिएको थियो ।

सूचना अनुसार महानिर्देशक बन्न नेपाली नागरिक हुनुपर्ने, विदेशी स्थायी आवासीय अनुमति नलिएको हुनुपर्ने लगायत छन् । साथै, शैक्षिक योग्यता, पेशागत अनुभव, बायो-डाटा, नागरिकता प्रमाणपत्रको प्रतिलिपि तथा कम्तीमा ३ हजार शब्दको व्यावसायिक कार्ययोजना अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था थियो ।

प्रारम्भिक मूल्यांकनपछि सर्टलिस्टमा परेका उम्मेदवारलाई प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा अन्तिम छनोट गरिने जनाइएको छ ।

त्यस्तै नेपाल वायु सेवा निगमका लागि पनि १२ वैशाखमा सूचना सार्वजनिक गरीएको थियो । ७ दिने सूचनाले सदस्य हुन वाणिज्य, अर्थ वा उड्डयन क्षेत्रमा विज्ञता वा अनुभव हुनु पर्ने लगायतका मापदन्ड तोकेको थियो ।

– सुरज कुँवर