काठमाडौँ, वैशाख २१ गते । चीनको हाइनान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले चार स्वर्ण जितेका छन् ।
नेपाली टोलीका प्रशिक्षक इन्द्रराज खड्काका अनुसार भिजन तामाङले दुई स्वर्ण जित्नुभयो । भिजनले व्यक्तिगत पुम्सेको १९ वर्षमुनि उमेर समूहमा र ४९ केजी तौल समूहमा स्वर्ण जित्नुभएको हो ।


यस्तै आयुष बोहराले पनि स्वर्णसहित कांस्य पदक हात पार्नुभयो । ब्रेकिङ इभेन्टमा स्वर्ण जित्नुभएका आयुशले व्यक्तिगत पुम्सेमा भने कांस्यमा सीमित हुनुभयो । सन्दीप बस्नेतले पनि ब्रेकिङमा स्वर्ण जित्नुभयो । प्रतियोगिता मे २ देखि ४ तारिखसम्म चीनको सान्यामा भएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















































