05/01/2026, 16:57:34
शुक्रबार, बैशाख १८, २०८३
आइसिसी विश्वकप क्रिकेट लिग–२

विश्वकप लिग–२ : युएईविरुद्ध दिपेन्द्रसिंह ऐरीको शतक


काठमाडौँ, वैशाख १८ गते । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत शुक्रबार भएको खेलमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गर्नुभएको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालका लागि पाँचौँ क्रममा ब्याटिङमा आउनुभएका ऐरीले शतक पूरा गर्नुभएको हो ।

ऐरीले ९४ बलमा १३ चौका र एक छक्काको मद्दतमा सय रन पूरा गर्नुभएको हो । नेपाल, ओमान र युएई बिचको त्रिकोणात्मक सिरिजमा दीपेन्द्रले हरेक खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको छ ।

वैशाख १२ गते भएको युएईविरुद्धको पहिलो खेलमा प्लेयर अफ दी म्याच बन्नुभएका ऐरीले ९० बलको सामना गर्दै ७५ रन बनाउनुभएको थियो । उहाँले उक्त खेलमा बलिङतर्फ ३० रन खर्चिएर एक विकेट हात पार्नुभएको थियो ।

दोस्रो खेलमा ओमानविरुद्धसमेत उहाँले अर्धशतक बनाउनुभयो । कुनै पनि ब्याट्सम्यान टिक्न नसकेको उक्त खेलमा दीपेन्द्रले ६२ बलको सामना गर्दै ६० रन बनाउनुभएको थियो । उक्त खेलमा उहाँले ९ ओभर बलिङ गर्दा ५६ रन दिएर दुई विकेट हात पर्नुभएको थियो ।

दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ्स खेलेपछि आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि दुई सय ९० रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।