

काठमाडौँ, वैशाख १८ गते । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोली र संयुक्त अरब इमिरेट्स राष्ट्रिय क्रिकेट टोलीबीच जारी खेल वर्षाका कारण बीचमै अवरुद्ध भएको छ।
नेपालले निर्धारित ओभरको खेलमा २९० रनको लक्ष्य प्रस्तुत गरेको थियो। लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ थालेको युएईले ४.१ ओभरको खेल सकिँदासम्म १ विकेट गुमाउँदै ३६ रन बनाएको अवस्थामा वर्षा सुरु भएपछि खेल रोकिएको हो।
मैदानको अवस्था प्रतिकूल बनेपछि अम्पायरहरूले खेल तत्कालका लागि स्थगित गर्ने निर्णय गरेका छन्। खेल पुनः सञ्चालन हुने वा बाँकी प्रक्रिया कसरी अघि बढ्ने भन्ने विषय मौसम सुधारपछि मात्र टुंगो लाग्नेछ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













































