

काठमाडौं, वैशाख १७ गते । गरिमा विकास बैंकका ग्राहकहरूलाई ओम हस्पिटल एन्ड रिसर्च सेन्टर र कान्तिपुर डेन्टल हस्पिटल (केडीसी) एन्ड रिसर्च सेन्टरको विभिन्न उपचार सेवामा आकर्षक छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।
सम्झौतापश्चात् गरिमा विकास बैंकका ग्राहकहरूले ओम हस्पिटल एन्ड रिसर्च सेन्टरको उपचार सेवाअन्तर्गत सिटी स्क्यान, एक्सरेलगायत अन्य स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
त्यसैगरी, कान्तिपुर डेन्टल हस्पिटल (केडीसी)को बेड शुल्कमा १५ प्रतिशत तथा अन्य स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ । कान्तिपुर डेन्टल हस्पिटल (केडीसी)ले प्रदान गर्ने उक्त छुट काठमाडौंको बसुन्धारासहित सुन्दर बस्ती र सतुंगल, पोखरा (कास्की), नारायणगढ र भरतपुर (चितवन) र बुटवल (रुपन्देही) स्थित शाखाहरूबाट पनि प्राप्त गर्न सकिनेछ ।
गरिमा विकास बैंकका ग्राहकहरूले विकास बैंकको मोबाईल बैकिङ् र डेबिट/क्रेडिट कार्डबाट बिल भुक्तानी गर्दा उल्लेखित दुवै हस्पिटलहरूबाट सहजै छुट प्राप्त गर्न सक्नेछन् ।
हाल गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय, ५१ एटीएम एवं नवीनतम डिजिटल बैंकिङमार्फत करिब ९ लाख ग्राहकहरूलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






























