04/27/2026, 21:31:02
सोमबार, बैशाख १४, २०८३

खाद्य प्रविधिका प्राविधिक सहायकविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौँ, वैशाख १४ गते । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलमा कार्यरत प्राविधिक सहायक सन्जय चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार खाद्य उद्योग अनुमतिपत्र नवकिरणको काम गरिदिनको लागि विभिन्न बहाना बनाइ दुख हैरानी दिइ घुस बार्गेनिङ गरी चौधरीले सेवाग्राहीसँग ३० हजार रुपियाँ घुस लिएको पुष्टि भएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम बिगो रकम ३० हजार रुपियाँ कायम गरी जरिवाना सजाय हुन मागदाबी लिइ सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।