04/26/2026, 19:20:40
आइतबार, बैशाख १३, २०८३

मुलुकको पछिल्लो अवस्थाबारे नेता कोइराला र बुद्धिजीवीको छलफल


काठमाडौँ, वैशाख १३ गते । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको सांगठनिक स्थितिका बारेमा विभिन्न क्षेत्रका बुद्धिजीवीसँग छलफल गर्नुभएको छ ।

विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा आइतबार भएको छलफलमा देशको समसामयिक परिस्थिति र कांग्रेसले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा विचार विमर्श भएको थियो । दिउँसो १ बजेदेखि ४ बजेसम्म चलेको उक्त छलफलमा राजनीतिक विश्लेषक, कुटनीतिज्ञ तथा विभिन्न क्षेत्रका विज्ञको सहभागिता थियो ।

छलफलमा पुरुषोत्तम दाहाल, किशोर नेपाल, डा. दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ, शेरबहादुर केसी र उपेन्द्रकेशरी न्यौपाने सहभागी हुनुहुन्थ्यो । त्यसैगरी डा. बिनिता कार्की, जगदिश दाहाल, कुलचन्द्र वाग्ले, पुरञ्जन आचार्य, विष्णु बुढाथोकी, डा. उद्धव प्याकुरेल सहित युवा पुस्ताका अभिजित अधिकारी र करिना पुरी लगायतले मुलुकको पछिल्लो अवस्थाबारे धारणा राख्नुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला, सुजाता कोइराला, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, डा. मिनेन्द्र रिजाल र डा. गोविन्दराज पोख्रेल को समेत उपस्थिति रहेको थियो ।

छलफलका क्रममा सहभागी बुद्धिजीवीले पार्टीको आन्तरिक सुदृढीकरण र मुलुकमा व्याप्त विद्यमान चुनौतीको सामना गर्न कांग्रेसले स्पष्ट दृष्टिकोण बनाउनुपर्नेमा जोड दिएका थिए ।