04/26/2026, 17:54:11
आइतबार, बैशाख १३, २०८३

निकास नहुँदा वर्षाले जलेश्वर जलमग्न


महोत्तरी, वैशाख १३ गते । आँधीहुरीसँगै आएको असिनापानीका कारण महोत्तरीको सदरमुकाम जलेश्वर जलमग्न बनेको छ । पानी निकास हुन नसक्दा जलेश्वरको नगरपालिका चोक, शंकर चोक, मीना बजार, महेन्द्र चोक, अस्पताल चोक, खैरा चोक, अस्पताल चोकलगायत स्थान जलमग्न बनेको छ ।

जलेश्वर नगरभित्रका प्रायःजसो सडक डुबानमा परेपछि सडकमा पैदल हिँड्डुल गर्न समस्या भएको छ ।

सडकमा सवारी साधन गुडाउनसमेत नसकिएको स्थानीयले बताएका छन् । सदरमुकामस्थित सरकारी तथा गैरसरकारी कार्यालय परिसर पानी पसेर जलमग्न बनेको छ ।

जलेश्वरमा ढल निकासको व्यवस्था राम्रो नभएका कारण सामान्य वर्षा हुँदासमेत यहाँ बजार क्षेत्र डुबानमा पर्ने गरेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..