04/23/2026, 21:15:37
बिहिबार, बैशाख १०, २०८३

त्रिभुवन विमानस्थलमा सञ्चालित पसलमा प्रधानमन्त्री कार्यालयसहितको टोलीद्वारा अनुगमन


काठमाडौँ, वैशाख १० गते । प्रधानमन्त्री कार्यालयसहितको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित पसलहरुमा अनुगमन गरिरहेको छ ।

प्रधानमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसहितको टोलीले विमानस्थलमा रहेका सबै पसल तथा बिक्री केन्द्रमा बिहीबार अनुगमन गरिरहेको हो । विमानस्थल स्रोतका अनुसार कैफियत भेटिएमा नियम अनुसार कारबाही गरिनेछ ।

विमानस्थलमा वाणिज्य विभागले नियमित अनु्गमन गर्दै आएको छ । यसपटक भने प्रधानमन्त्री कार्यालयसमेत मिसिएको हो ।

– सुरज कुँवर