04/23/2026, 15:04:58
बिहिबार, बैशाख १०, २०८३

सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विभिन्न मागसहित विद्यार्थी संगठनको प्रदर्शन


काठमाडौँ, वैशाख १० गते । विभिन्न विद्यार्थी संगठनहरूले नीतिगत तथा अधिकारसम्बन्धी माग अघि सार्दै सरकारविरुद्ध सडकमा प्रदर्शन गरेका छन्।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले संगठन निर्माणको अधिकारमा प्रतिबन्ध लगाइएको, सार्वजनिक यातायातमा उपलब्ध गरिँदै आएको भाडा सहुलियत हटाइएको तथा बजारमा बढ्दो महँगीका कारण विद्यार्थी जीवन प्रभावित भएको विषय उठाएका छन्।

 

उनीहरूले अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने प्रयास भइरहेको आरोपसमेत लगाएका छन्।

यसैक्रममा नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनसँग सम्बद्ध विद्यार्थीहरू तथा कानुन अध्ययनरत समूहले पनि विरोध कार्यक्रम आयोजना गरेका छन्।

उनीहरूले सरकारको कार्यशैलीलाई लोकतान्त्रिक मूल्यसँग असंगत भएको टिप्पणी गर्दै प्रदर्शनमार्फत असहमति व्यक्त गरेका छन्।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..