

काठमाडौँ, वैशाख १० गते । गत चैतमा विपद्का घटनामा परी देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ ।
आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी विपत्तिमा परी १६ पुरुष, १० महिला र चार जना बालबालिकाको मृत्यु भएको हो । दैवी विपत्तिमा परेर २२२ जना घाइते भएका छन् ।
विपदबाट १९१ घर, ११७ गोठ र तीन सरकारी कार्यालयमा क्षति भएको छ भने ५२९ चौपाया मरेका छन् ।
विपदबाट रु. ३३ करोड ७२ लाख ६१ हजार बराबरको क्षति भएको अनुमान छ । विपद् प्रतिकार्यमा चार हजार ८४१ प्रहरी परिचालन भएका प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए ।
विपदबाट १४३ जना विस्थापित भएका छन् । सो अवधिमा कोशीमा २७२, मधेसमा १३६, बागमतीमा ८५, काठमाडौँ उपत्यकामा ३९, गण्डकीमा ९५, लुम्बिनीमा १२९, कर्णालीमा ५७ र सुदूरपश्चिम प्रदेशमा ९३ वटा विपद्का घटना भएका जनाइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








































