काठमाडौँ, वैशाख ९ गते । नेपालले आइसिसी महिला टी–२० च्यालेन्ज घरेलु टोली रुवान्डामाथि जित निकालेको छ ।
रुवान्डाको घरेलु मैदान किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा बुधबार भएको खेलमा नेपालले रुवान्डालाई दुई विकेटले हरायो ।
जितका लागि ८९ रनको सामान्य लक्ष्य पछ्याएकाको नेपालले १९.४ ओभरमा आठ विकेठको क्षतिमा लक्ष्य पूरा गरेको थियो । नेपालको लागि सम्झना खड्काले सर्वाधिक ४८ रन बनाउनुभयो । बिन्दु रावलले १० तथा पूजा महतो १३ रन बनाउनुभयो ।


यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोलीले १९.४ ओभरमा सबै विकेटको क्षतिमा ८८ रनको योगफल तयार गरेको हो । रुवान्डाका चार जना ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
रुवान्डालाई कम रनमा समेट्न नेपालक रचना चौधरीले तीन, पूजा महतो र कविता कुँवरलेदुई दुई तथा मनिष उपाध्याय र रिया शर्माले एक एक विकेट लिनुभयो । नेपालले जितसहित चार अङ्क बनाएको छ । रुवान्डाको चार खेलमा दुई जितसहित चार अङ्क छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







































