04/22/2026, 17:41:20
बुधबार, बैशाख ०९, २०८३

प्रधानमन्त्री हुन नपरेकोमा खुसी छु : संयोजक प्रचण्ड


काठमाडौँ, वैशाख ९ गते । नेकपाका संयोजक पुष्पकमल दाहालले पार्टी सत्तामा नभएको भन्दै पार्टी सच्याउने अवसर आएको बताएका छन् ।

नेकपाको स्थापना भएको ७७ औं वर्षको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बोल्दै युवालाई पार्टी नेतृत्वमा ल्याएर पार्टी पुनगर्ठन गर्ने बताए । नेकपा यसपटकको निर्वाचनमा १७ सिटसहित चौथो दल बनेको छ ।

आफ्नै कमी-कमजोरी सच्याएर आउँदा महाधिवेशनसम्म जाँदा तलदेखि माथिसम्म युवा गतिशील नेतृत्वलाई प्राथमिकता दिने र पुराना पुस्ताले नयाँ रूपमा भूमिका खेल्ने गरी पार्टी बनाउँछौं । आश्विनसम्म महाधिवशेन गर्न छलफल भइरहेको छ ।

प्रचण्डले वामपन्थीको पुनर्गठनको आवश्यक भएको बताए । ‘वामपन्थी पुनर्गठन गर्न आवश्यक छ । यो पटक मन्त्री, प्रधानमन्त्री हुन नपरेकोमा खुसी व्यक्त गर्छु । पार्टी सच्याउने अवसर हो । पुनर्गठनको नेतृत्व गर्ने अवसर छ,’ प्रचण्डले भने ।

– गंगा बीसी