काठमाडौँ, वैशाख ८ गते । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथजात्रा मङ्गलबारबाट सुरु भएको छ । गएको शनिबार तःबहा स्थित मन्दिरबाट बाहिर ल्याइ पुल्चोकमा निर्माण गरिएको रथमा रथारोहण गरिएपछि विधिवतरुपमा जात्रा सुरु भएको मानिन्छ । हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रा शनिबारदेखि सुरु भएको हो। पद्मपाणी लोकेश्वर र बुगं द्यःको नामले पनि पुकारिने मच्छिन्द्रनाथको आगमन नेपालमा भएको र विनाशकारी खडेरीको अन्त्यको उपलक्ष्यमा रथयात्रा निकालिएको मानिन्छ।
ललितपुरको पश्चिम छेउमा रहेको पुल्चोकमा ६० फिट अग्लो रथ निर्माण गरेर मच्छिन्द्रनाथलाई त्यस रथमा विराजमान गराइ ललितपुरको नगर परिक्रमा गराइन्छ। रथयात्रा पुल्चोकबाट सुरु भएर गाःबहाल, मंगल बजार, हखा, सुन्धारा, चक्रबहिल, लगनखेल हुँदै जावलाखेलमा समापन हुन्छ। समयसापेक्ष परम्परा अनुसार इति र थाती क्षेत्रको बिचमा महिलाले मात्रै रथ तान्ने गरिन्छ जसलाइ याकः मिसाया भुज्या भनिन्छ।


१२ वर्षमा एक पटक हुने ‘बार्ह वर्ष जात्रा’ को समय भने बुङ्गमतीमानै मच्छिन्द्रनाथको रथ निर्माण गरिन्छ। उक्त समयमा बुङ्गमतीदेखि च्यासीखेल, भैँसेपाटी, नख्खु, भनीमण्डल, झम्सीखेल हुँदै पुल्चोकसम्म रथ जात्रा ल्याइन्छ। नगर परिक्रमा गरेर जावलाखेल पुर्याइ भोटो जात्रा गरिन्छ, अरु बेला बुगंलाई रथबाट निकाली खटमा विराज गराइ बुगंमती लगिन्छ भने, बार्ह वर्ष जात्राको बेला भने रथलाइ नै फेरि बुगंमती सम्म तानेर लगिन्छ। बुगंमती पुगेपछि पुनः भोटो जात्रा देखाइन्छ। यो विशेष वर्ष दुई पटक भोटो देखाइने प्रचलन रहि आएको छ। बा¥ह वर्ष जात्रा अर्को वर्ष अर्थात् २०८४ सालमा परेको छ ।
















































– मनोजरत्न शाही
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












































