04/20/2026, 14:05:03
सोमबार, बैशाख ०७, २०८३

विद्यार्थी संगठन खारेजीको निर्णयले विश्वविद्यालयको स्वायत्ततामाथि नै हस्तक्षेप हो : प्रदीप ज्ञवाली


काठमाडौँ, वैशाख ७ गते । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विद्यार्थी संगठन खारेज गर्ने प्रयोजनका लागि विश्वविद्यालयहरूमा सुरक्षा युनिट स्थापना गर्नु प्राज्ञिक स्वायत्तता माथिको हस्तक्षेप भएको बताएका छन् ।

विद्यार्थी संगठन खारेजीको निर्णयले विश्वविद्यालयको स्वायत्ततामाथि नै हस्तक्षेप भएको ज्ञवालीको भनाइ छ ।

 

उनले  फेसबुकमार्फत भनेका छन्, ‘विद्यार्थी संगठनलाई निषेध गर्नु समस्याको समाधान होइन । समाधान त उनीहरूसँग संवाद,रचनात्मक सहकार्य र गुणस्तरीय शिक्षाका लागि विद्यार्थी आन्दोलनको रूपान्तरण हो । के तपाईँ कपालमा चाया पर्‍यो भनेर गर्धन नै छिनाउनु हुन्छ ?’  

ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको बताए ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..