

काठमाडौँ, वैशाख ६ गते । नेपाली कांग्रेसले संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्न गठन गरेको विज्ञ समितिलाई पूर्णता दिएको छ ।
कांग्रेसको चैत्र ११ गते बसेको बैठकले संविधान संशोधनको विषयमा अध्ययन गरी आवश्यक राय–सुझाव दिनका लागि पार्टी उपसभापति पुष्पा भुषालको संयोजकत्वमा विज्ञ सम्मिलित संविधान संशोधन अध्ययन तथा सुझाव समिति बनाउने निर्णय गरेको थियो।
समितिका सदस्यहरूमा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का, वरिष्ठ अधिविक्ता उपेन्द्रकेशरी न्यौपाने, वरिष्ठ अधिविक्ता शेरबहादुर केसी, वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता योगेन्द्रबहादुर अधिकारी, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता सीताराम केसी, वरिष्ठ अधिवक्ता ललितकुमार बस्नेत, अधिवक्ता रनबहादुर थेवे, अधिवक्ता शर्मिला श्रेष्ठ र अधिवक्ता झलमाया विक रहनुभएको छ ।
यस्तै समितिको सदस्य सचिवको जिम्मेवारी अधिवक्ता राजु कटुवालले पाउनुभएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


































