04/17/2026, 21:39:02
शुक्रबार, बैशाख ०४, २०८३

संसदीय समिति सभापतिको शपथ


काठमाडौँ, वैशाख ४ गते । संघीय संसद्अन्तर्गतका विभिन्न १२ वटा संसदीय समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रतिनिधिसभा र संयुक्त समिति सभापति शुक्रबार निर्वाचित भए लगत्तै पद तथा गोपनीयताको शपथ भएको हो ।

संसदीय समितिका नवनिर्वाचित सभापतिले पद तथा गोपनियताको शपथ सिंहदरबारस्थित लेखा समितिको हलमा सभामुख डोलप्रसाद अर्यालसमक्ष लिनुभएको हो । शपथ समारोहमा उपसभापति रुविकुमारी ठाकुर, राष्ट्रिय सभाका उपाध्यक्ष लीलाकुमारी भण्डारी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम लगायतको उपस्थिति थियो ।

कानुन, न्याय तथा मानवअधिकार समिति : समिक्षा वास्कोटा
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति : अशोक चौधरी
पूर्वाधार विकास समिति : आशिष गजुरेल
महिला तथा सामाजिक मामिला समिति : आकृती अवस्थी
राज्य व्यवस्था तथा सुशासन समिति : हरि ढकाल
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति : डा. ओजस्वी शेरचन
सार्वजनिक लेखा समिति : भरत खड्का

संसदीय सुनुवाइ समिति (संयुक्त) : वोधनारायण श्रेष्ठ
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) : गणेश कार्की
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति : सुम्नीमा उदास
अर्थ समिति : कृष्णहरी बुढाथोकी
उद्योग तथा वाणिज्य र श्रम समिति : रहवर अन्सारी