04/17/2026, 11:25:22
शुक्रबार, बैशाख ०४, २०८३

संसदीय समिति सभापतिका लागि रास्वपाले टुंग्यायो नाम


काठमाडौँ, वैशाख ३ गते । सत्तारुढ दल रास्वपाले संसदीय समितिहरूका सभापतिहरूमा नाम प्रस्ताव गरेको छ । बिहीबार संसदीय दलको बैठकमा समेत संसदीय समितिका लागि कसले उम्मेदवारी दिने भन्ने विषयमा छलफल भइरहेको छ ।

रास्वपा स्रोतका अनुसार अहिलेसम्म कानुन, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बाँस्कोटा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा मनिष झा, अर्थ समितिमा सुशान्त वैदिक, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास र पूर्वाधार विकास समितिमा आशिष गजुरेल ले मनोनयन दिँदैछन् ।

संघीय संसद्‍मा १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रियसभा अन्तर्गत ४ वटा समिति रहेका छन् । दुई वटा भने संयुक्त समिति रहेका छन् । रास्वपाले लेखा समिति भने विपक्षी दललाई दिने भनेको छ । बहुमत पुग्ने भएकाले अन्य समितिमा रास्वपाकै सांसद सभापति हुनेछन् ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति र संसदीय सुनुवाइ समिति भने संयुक्त समिति हुन् ।

– जयसिंह महरा