

काठमाडौँ, वैशाख ३ गते । उपसभामुख रुविकुमारी ठाकुरले विवाहको निमन्त्रणापत्रमै ‘दहेज मुक्त विवाह’ भन्ने स्पष्ट सन्देश समावेश गनुपर्ने बताएकी छिन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत् उपसभामुख ठाकुरले आफूले प्राप्त गरेका अधिकांश विवाहका कार्डहरूमा यस्तो उल्लेख नदेखिएको भन्दै समाज अझै दाइजो प्रथाबाट पूर्णरूपमा मुक्त हुन नसकेको टिप्पणी गरेकी छन् ।
उपसभामुख ठाकुरले लेखेकी छन् ‘दाइजो लिनु वा दिनु मात्र होइन, दाइजोमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोजग्रहण गर्नु समेत सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास हो। यस्तो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पु¥याउँछ। ’
उपसभामुख ठाकुरले दाइजो लेनदेन हुने विवाहमा आफू सहभागी नहुने स्पष्ट पार्दै सबैलाई दहेजमुक्त, समानतामा आधारित र सुसंस्कृत विवाह अभ्यास गर्न आग्रह गरेकी छिन्। विवाह निमन्त्रणापत्रमै ‘दहेज मुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो ’ भन्ने सन्देश समावेश गरी पठाउन पनि उनले अनुरोध गरेकी छन्।
– प्रकृति दाहाल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




































