11/19/2026, 07:35:28
बिहिबार, मङि्सर ०४, २०८३

कांग्रेस सभापति थापाद्वारा आफ्नै वडाबाट क्रियाशील सदस्यता अद्यावधिक सुरु

FILE PHOTO - SETOPRESS.COM
©FILE PHOTO - SETOPRESS.COM

काठमाडौँ, वैशाख १ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान‘ को शुभारम्भ गर्नुभएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर ३० स्थित आफ्नै वडाबाट सदस्यता अद्यावधिक गरी उहाँले यस अभियानको सुरुवात गर्नुभएको हो ।

विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि पार्टीको साङ्गठनिक सुदृढीकरणलाई तीव्रता दिनुभएका थापाले वैशाख मसान्तसम्म देशभर यो अभियान जारी रहने जानकारी दिनुभयो । अभियानअन्तर्गत पार्टीका सबै तहका सदस्यले आफ्नो विवरण अद्यावधिक गर्नुपर्ने र यसले पार्टीको वास्तविक साङ्गठनिक अवस्था चित्रण गर्ने विश्वास लिइएको छ ।

blog

सदस्यता अद्यावधिक गर्दै सभापति थापाले पार्टीलाई तल्लो तह बाटै बलियो र गतिशील बनाउन यो अभियान महत्त्वपूर्ण हुने बताउनुभयो ।