

काठमाडौँ, चैत्र ३० : भृकुटीमण्डप परिसरमा रहेका २० वटा स्टल र कार्यालयमा भाडा नतिरेको भन्दै समाज कल्याण परिषद्ले ताला लगाएको छ । परिषद्अन्तर्गत भृकुटीमण्डप परिसरमा रहेका स्टल, बुथ तथा भवन प्रयोग गर्दै आएका तर लामो समयदेखि भाडा नतिरेका व्यक्ति तथा संस्थाका कार्यालयमा सोमबार ताला लगाएको हो ।
परिषद्का व्यवस्थापन विभाग प्रमुख खगनाथ रेग्मीका अनुसार बक्यौता भाडा नबुझाएका २० व्यक्ति तथा संस्थाका संरचनामा ताला लगाइएको हो । उनले परिषद्को उद्देश्य कसैलाई हटाउने नभई बक्यौता असुल गर्ने मात्र रहेको स्पष्ट पारे । ‘हाम्रो उद्देश्य हटाउनु होइन, भाडा उठाउनु हो,’ रेग्मीले भने, ‘पटकपटक ताकेता गर्दा पनि भाडा नउठेपछि ताला लगाउन बाध्य भएका हौं ।’ रेग्मीका अनुसार भाडा प्राप्त हुनासाथ ताला खोलिने छ ।
यी हुन् भाडा नतिर्ने भृकुटीमण्डपका स्टल तथा कार्यालय :




– विवेक पोख्रेल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



































